• DATE

    02 August, 2016
  • ADDRESS

    रुकुम

श्रीमानले दिएको उपहार

श्रीमानले दिएको उपहार:
मेरो नाम प्रतिमा बुढा (नाम परिवर्तन) हो । मेरो घर रुकुम जिल्लाको आठबिस भन्ने ठाँउमा पर्छ । रुकुम नेपालको मध्य पश्चिममा पर्ने अति पिछडिउको जिल्ला हो । मेरो भोगाइमा रुकुम विकटता, गरिब र अशिक्षाको पर्यायवाचि नै हो । १५ वर्षको उमेरमा रुकुम जिल्लाकै २८ वर्षीय रामबहादुर बुढा सँग मेरो मागी विवाह भयो । 
 घरको आर्थिक अवस्था ज्यादै कमजोर थियो । गरिबीले उहाँलाई इन्डिया जान बाध्य बनायो । उहाँ कलकत्ता गई ६ कहिना काम गरि घर फर्कनु भयो । त्यसपछि उहाँको इण्डिया फर्कनु भएन । गाउँमै खेतिपाति गरेर बस्नुभयो । इण्डियाबाट फर्केको ४ वर्षपछि वँहा सिकिस्त बिरामी पर्नुभयो । उपचारको क्रममा उहाँको अस्पतालमा नै मृत्यु भयो । म गाउँमै थिए । गाउँबाट अस्पताल आउन प्लेनको भाडा ९–१० हजार लाग्छ । र पैदल जाने हो भने ४–५ दिन नलाग्छ । टाढा भएक कारणले मैले उहाँको अन्तिम पटक अनुहार समेत हेर्न पाइन । उहाँ सदाका लागि म र दुई छोरीहरुलाई एक्लो पारेर जानुभयो । म कस्तो अभागी रहेछुँ ।
मेरो काकाले मलाई नेपालगञ्ज बोलाउनुभयो । भेरी अस्पतालमा म र दूई छोरीहरुको रगत परीक्षण गराइयो । ठूली छोरीबाहेक हामी दूईमा एच.आई.भी देखियो ।मेरो श्रीमानको मृत्यु यसै रोगको कारणले भएको कुरा काकाले खोल्नु भयो । कान्छी छोरीको के दोष थियो ? मृत्यु अंगालेर जन्मेकी रहिछ मेरी कान्छी छोरी । छोरीको निर्दोष आँखामा हामीले दिएको काल देखेर मैले कयौपल्ट समात्न सकिन । रोएर सयौँ रातहरु काटे । श्रीमान्को कारणले म र कान्छी छोरी संक्रमित भएको कुरालाई वेवास्ता गर्दै एच.आई.भी संक्रमणका कारणले हामीलाई घरबाट निकालियो । आफ्नै परिवारले मेरा दुई नाबालक छोरीहरुमाथि गरेको दुव्र्यावहार सम्द्मदा अझै पनि मेरो आङ्ग जिरिङ्ग हुन्छ र गह रसाउँछ ।
 म मेरा दुई छोरीका साथ माइतीमा आर बस्न थाले । माइती आउने बित्तिकै मेरी बुहारी आफलाई एच.आई.भी संक्रमण हुने डरले आफ्नो माईती गएर बस्न थालिन् । यतिकैमा म बिरामी परे । नेपालगंञ्ज आई भेरी अस्पतालमा उपचार गराँए । नव किरण प्लस नामक संस्थाले सञ्चालन गरेको केयर होममा मसी थप उपचार गराँए । यसैक्रममा मेरो पाठेघरमा र मेरो १८ महिनाकी कान्छी छोरीको ताउकोमा पनि समस्या देखा परे ।  यसको उपचारको लागि काठमाण्डौमा नव किरण प्लसले मेरो सम्पर्क शक्ति मिलन समाज सँग गराईदिनुभयो । म दूर्गम जिल्लाको निरक्षर महिला काठमाण्डौमा हराएको जस्तो महसुस भयो । १ वर्षसम्मकाठमाण्डौमा शक्ति मिलनको क्राइसिस होममा बसेर उपचार गराए पछि म पुन माईती फर्के । हामी गाउँमा भेदभाव अवहेलनाको सिकार भयौँ । मानिसहरु हाम्रो नजिक आउन समेत रुचाउँदैनथे । यसैक्रममा कान्छी छोरी सिकिस्त विरामी परी । उपचार गाउँमा सम्भव थिएन । त्येसैले शक्ति मिलन समाजका ेआश र भरोसामा काठमाण्डो सम्म आईपुग्ने बाटो खर्च जुटाउन असमर्थ म कसरी काठमाण्डौको महँगो बसाई र उपचार खर्च थेग्ने सक्थे र ? मेरो भरोसा भनेकै मेरी छोरीको उपचार भयो । यसै संस्थाको केयर होममा हामी बस्यौ । यस संस्थाको सहयोगमा मेरी छोरीले पुर्नजीवन पाईन् । हाल उनीहरु ए.आर.टी. सुरु गरिएको छ ।
 गाउँमा हुने भेदभाव, हिसा र दुव्र्यवहारबाट मेरा छोरीशरुलाई सुरक्षित गर्न मैले गाउँ नफर्किने निधो गरे । उसो त मेरा औषधी ए.आर.टी. को लागि नेपालगञ्ज् आउनुपर्ने बाध्यता पनि थियो । मेरो गाउँबाट दिनभर हिदेपछि मात्र विमानस्थल आइपुगिन्छ र त्यहाँबाट नेपालगञ्ज  आउन प्लेनमा ७ हजार भाडा लाग्छ । हिडेर आउने हो भने ३–४ दिन लाग्ने हुनाले औषधि उपचार बिचैमा छोडिने सम्भावना पनि बढि हुन्छ । यसरी आफ्नो छोरीहरुको भविष्य र स्वास्थ्य उपचारको लागि मैले काठमाण्डौ बस्ने निधो गरे । शक्ति मिलन समाजको पहलमा मेरी ठूली छोरी एक संस्थामा बसी पढिरहेकी छिन् । मैले अहिले शक्ति मिलन समाजबाट पाएको आय आर्जन सहयोगबाट एउटा सानो व्यवसाय सुरु गरेकी छु । जसबाट म र मेरी कान्छी छोरीको जीविकोपार्जन भएको छ । अहिले मेरो र मेरी छोरीको स्वास्थ्य स्थिति धेरै राम्रो छ । र जीवनमा केही गर्ने उत्साह थपिएको छ । 
 वास्तवमा  शक्ति मिलन समाजले टुटेको हाम्रो सपनालाई सँगाल्ने काम गरेको छ । संक्रमित दिदी बहिनीका लागि शक्ति मिलन समाज बाँच्ने आधार भएको छ । शक्ति मिलान समाज म जस्ता हजारौँ हजार संक्रमित महिलाहरुको सहारा बन्न सकोस् । म जस्ता दिदीबहिनीहरु देशको कुना काप्चामा सहयोगको अभावमा मृत्यु वरण गर्न बाध्य भएका छन् । देशको कुना काप्चामा शक्ति मिलन समाज पुग्न सकोस् ।