Looking for Donation

Looking for Donation

09 May, 2018

                                         “हाम्रो आवश्यकतामा तपाईहरुको सहयोग ”
महिला जसको श्रीमान कुनै रोगकै कारणबाट र उपचारकै लागि घरको श्री सम्पति बेचबिखन गरिसकेपछि अन्तिम अवस्थामा रोग पत्ता लाग्छ तर उ बाच्दैन् । एउटी श्रीमान बेगरको महिला त्यसपछिको जीवन, एच.आई.भी संक्रमणले गल्दो अवस्था अनि आफ्ना बच्चाहरुको पनि संक्रमणको नतिजा ! ! ! त्यसै बखत जसको माया र स्नेहले बाच्नुपर्ने हो घरपरिवारले नै नखाएको विषको दोषारोपण, समाजको अपहेलना अनि बारम्बार घर र गाउँनिकालाका धम्किहरु ।  एउटी महिलालाई त्यो भन्दा ठुलो चोट के हुनसक्छ होला जससगँ बालबालिका प्रतिको उत्तरदायित्व पनि जोडिएको हुन्छ । 
तिरस्कृत र अपहेलित हुनु सबैभन्दा ठुलो कष्ट हो । त्यो पनि नेपालजस्तो पृतिसतात्मक देशमा कस्तो अवस्था भयोहोला ति महिला बालबालिकाहरुलाई जस्को रहर, भविश्य प्रतिको आस्था अनि आखामा सपना अरु महिला र बालबालिकाहरुको जस्तै ! ! ! यस्तैमा भनिन्छ कि  तिमिहरु एच.आई.भी संक्रमित हौ, अरुभन्दा फरक छौ, फरक परिवार र समुदायका हौ । जस्को आर्थिक स्थिति कमजोर छ उसैले समय समयमा स्वास्थ्य जाचँ गरिराख्नुपर्ने, घरबासको ठेगान नभएपनि जीवन धान्न अनि एउटै समयमा औषधि खानुपर्ने बाध्यता ! ! !
यसै समस्या ब्यवस्थापन विचमा जन्मेको शक्ति मिलन समाज, जस्ले तिनै महिला र बालबालिकाहरुको हक, अधिकार र सम्मानको लागि विगत ११ वर्षदेखि कार्यरत छौ । तर जस्को लागि कार्यरत छौ उनलाई सेवा दिन संक्रमित भएकै कारणबाट घर भाडामा नपाईन्े तितोसत्य, बालबालिका पढाउन स्कुल नपाईनुका साथै कम साक्षर भएका महिलाहरुलाई जागिर  पनि !
उनीहरुको स्थायी बासस्थान, गाँस, बाँस,कपासको लागि दातृनिकाय त छ नै तर दिर्घकालिन संस्थाको पनि उत्तरदायित्व छ नि सगँसगैँ राज्य र समाजको पनि ।
उनै महिला र बालबालिकाको समस्या, सबैको समस्या सोचेर यहाँहरुको सानो सहयोग भएमा एच.आई.भी संक्रमित तथा प्रभावित महिला र बालबालिकाहरुको भविश्य निर्धारण हुनसक्छ साथै समाजमा सकारात्मक सन्देश प्रवाह समेत ! 
“त्यसैले यहाँहरुको सहयोगको अपिल गर्दै ...........................................................”
अनुदानको जानकारीका लागि सम्पर्क ठेगानाः शक्ति मिलन समाज, सुकेधारा ०४, काठमाडौं, नेपाल ।
सम्पर्क नं.ः ०१—४००८५६४,
सम्पर्क ब्यक्ति ःनातिसरा राई ,कार्यकारी निर्देशक ÷अनिता राई, वरिष्ठ वित्त तथा प्रशासनिक अधिकृत
बैङ्कको नाम ःकृषि विकास बैङ्क लिमिटेड, चावहिल काठमाडौं
बैङ्कक खाता नंं.ः ०२१०५००४६०३९६०१३
खातावालाको नाम ः शक्ति मिलन समाज